Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टायता १५१३ जनामा कोरोना संक्रमण,७६ हजार २५८ पुगे संक्रमित

२४ घण्टायता १५१३ जनामा कोरोना संक्रमण,७६ हजार २५८ पुगे संक्रमित

  • 3.9K
    SHARES

  • २४ घण्टायता १५१३ जनामा कोरोना संक्रमण,७६ हजार २५८ पुगे संक्रमित

    बुटवल,असोज १३-

    पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    हाल देशभर २० हजार ३८९ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ७०७ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७८ जना क्वारेन्टाइनमा छन्।

    आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सहित कुल परीक्षणको संख्या १० लाख ९ हजार २९८ पुगेको छ। 

    पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५५  हजार ३७१ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३.६ प्रतिशत हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology