Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्याब्सन बुटवलको साधारणसभा : ‘सरकार संस्थागत विद्यालयको विकास र संरक्षणमा उदासिन’

प्याब्सन बुटवलको साधारणसभा : ‘सरकार संस्थागत विद्यालयको विकास र संरक्षणमा उदासिन’

  • 1.9K
    SHARES

  • प्याब्सन बुटवलको साधारणसभा : ‘सरकार संस्थागत विद्यालयको विकास र संरक्षणमा उदासिन’

    बुटवल,असाेज ३। 

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभामा संस्थागत विद्यालय धरासाही हुन पुगेको भन्दै राज्यबाट राहत प्याकेज ल्याउन आग्रह गरेका छन् । 

    उनीहरू नजिकको स्थानीय सरकारले पनि संस्थागत विद्यालयको विकास र संरक्षणतर्फ कुनै ध्यान दिन नसकेको गुनासो गरे । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रूपन्देहीको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूको भूमिका धेरै रहेको बताए । उनले आफूले संस्थागत र सामुदायिक दुवै विद्यालयको विकासका काम गर्दै आएको बताए ।

    कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्यायले कोभिड १९ को कारण लामो समयसम्म विद्यालय बन्द हुँदा संस्थागत विद्यालय धरासाही बन्न पुगेको बताए । प्याब्सनका केन्द्रीय सदस्य विष्णु पन्थीले संस्थागत विद्यालय विभेदमा परेको बताए ।

    कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपाने, हेमलाल भुसाल, प्याब्सन लुम्बिनी प्रदेशका प्राज्ञिक सल्लाहकार दामोदर भुसाल, प्याब्सन लुम्बिनी प्रदेशका सचिव लालहरि पाण्डे, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्याब्सन रुपन्देहीका पूर्व अध्यक्ष यज्ञमूर्ति पाण्डे, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमबहादुर थापाले बोल्दै विद्यार्थी र विद्यालयको दुवैलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गर्नुपर्ने बताएका थिए । 

    प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माको अध्यक्षता, उपाध्यक्ष कुलानन्द पाण्डेको स्वागत तथा सचिव मित्रहरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    विद्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्राचार्य तथा प्रतिनिधि शिक्षालाई सो अवसरमा सम्मान पनि गरिएको प्याब्सन बुटवलका सदस्य तथा कार्यक्रम व्यवस्थापन संयोजक लोकराज शर्माले जानकारी दिए । प्याब्सन बुटवलमा ४० विद्यालय आवद्ध छन् । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology