बुटवल,असाेज ३।
सरकारले सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ। संविधान दिवसको अवसरमा दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्ने निर्णय गरिएको छ।
सीता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती हुन्। मन्त्रिपरिषद बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गरिएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)