Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ : मुख्यमन्त्री कुलप्रसाद केसी

राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ : मुख्यमन्त्री कुलप्रसाद केसी

  • 2.6K
    SHARES

  • राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ :  मुख्यमन्त्री कुलप्रसाद केसी

    बुटवल,असाेज ३। 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले संविधान पालनमा केही चुनौती आएपनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताएका छन् ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै नेपालीहरुलाइ आग्रह समेत गरे ।  

    संविधान गतिशील दस्तावेज भएको भन्दै उनले  संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउदै लैजान सकिने समेत बताए ।

     ‘हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ ।’ उनले भने-‘ यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु ।’

    सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ मनाइएको हो ।

    प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषितका लागि नाम घाेषणा गरे ।

    सो अबसरमा प्रदेश प्रमुख अमिक शेरचन,सभामुख पूर्णबहादुर घर्ती मगर,उपसभामुख कृष्णी थारु,पर्यटन तथा सहकारीबिकास मन्त्री डिल्ली चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology