Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘दलित तथा सिमान्तकृतहरुको सवाल साझा मुद्धा बनाइनुपर्छ’

‘दलित तथा सिमान्तकृतहरुको सवाल साझा मुद्धा बनाइनुपर्छ’

  • 2.2K
    SHARES

  • ‘दलित तथा सिमान्तकृतहरुको सवाल साझा मुद्धा बनाइनुपर्छ’

    बुटवल, असोज २ ।

    दलित तथा सिमान्तकृत समुदायका घटना प्रदान मात्रै नभई बिषय र कार्यक्रम केन्द्रीत सवाल मिडियाले उठाउनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरले बुटवलमा आयोजना गरेको शनिबार छलफल कार्यक्रममा सहभागी पत्रकारहरुले दलित समुदायका पिडामात्रै सार्वजनिक भएकाले सकरात्मक पाटोलाई पनि उजागर गर्नुपर्ने बताएका हुन ।

    कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले सामाजिक मुद्धा नेपाली पत्रकारिताको प्राथमिकतामा नपरेको बताए । सामाजिक रुपमा पिँधमा रहेको दलित तथा सिमान्तकृतहरुको सवाल सबैको साझा मुद्धा भएको बताउँदै दलितसँगै गैरदलित समुदायले यस्ता मुद्धालाई उठान गनुपर्ने उनले बताए ।

    आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई समेट्दै लुम्बिनी प्रदेशले पत्रकारिता मार्फत सामाजिक न्यायका क्षेत्रमा नमूना काम गर्नुपर्ने पहाडीको सुझाव छ ।

    उक्त अवसरमा पत्रकारहरु विष्णु घिमिरे, टिआर शर्मा, विनोद परियार,  सीपी खनाल,कपिल ज्ञवाली, सञ्जय सौगात, टंक सुनार, प्रकाश आचार्य, विकास पराजुली लगायतले बोल्दै दलित तथा सिमान्तकृतको सवाल उठाउनका लागि सूचना, तथ्य र तथ्यांकहरु विश्लेषणलाई व्यवस्थित बनाउनुपर्ने बताए । साथै नियमित छलफल गरेर बिषयहरुको उठाउन गर्नुपर्नेमा जोड दिएका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology