Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भाषा, साहित्य, कला,संस्कृति प्रतिष्ठान : विद्वत सभाको पहिलो बैठक बुटवलमा सम्पन्न

भाषा, साहित्य, कला,संस्कृति प्रतिष्ठान : विद्वत सभाको पहिलो बैठक बुटवलमा सम्पन्न

  • 2.2K
    SHARES

  • भाषा, साहित्य, कला,संस्कृति प्रतिष्ठान : विद्वत सभाको पहिलो बैठक बुटवलमा सम्पन्न

    बुटवल,असाेज २ ।

    बुटवल उपमहानगरपालिकामा गठित भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान अन्तर्गतको विद्वत् सभाको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।

    विद्वत् सभाको पहिलो बैठकले बिधानअनुसार नै थप ५ जना मनोनयन गरि विद्वत सभामा ५१ जना पुर्याएको हो ।  बिद्वत सभाका नयाँ सदस्यहरुमा जंगबहादुर शाह,दिल शाहनी,देबेन्द्र घिमिरे,सीता थकाली र सुमित्रा राना रहेका छन् ।
    सो अबसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका प्रमुख संरक्षक शिबराज सुबेदीले प्रतिष्ठानले बुटवलको पहिचान स्थापित गर्ने र कला संस्कृतिको बिकास ,संरक्षण र संबद्र्धन गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

    उहाले सभाको बैठकमा  उठेका सवालहरु पुसमा बस्ने नगरसभामा पेश हुने र आवश्यक परिमार्जन गर्न सकिने बताउनुभयो । सुवेदीले बुटवलको पहिचान बढाउने खालको भाषा, साहित्य र सिर्जनाका कामलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । 

    सो अबसरमा उपप्रमुख तथा संरक्षक गोमा आचार्यले बिकासको मोडल बुटवलबाट शुरु भएको भन्दै भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको मोडलमा पालिकाले कानुन बनाएर गठन भएको यो मुलुककै पहिलो प्रतिष्ठान भएको बताउनुभयो ।BUTWAL PRAGYA SAVA.jpg

    प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता तथा बिद्वत परिषद सदस्य इन्दिरा अर्यालको संचालनमा भएको कार्यक्रममा प्रतिष्ठानका सचिब दलबहादुर गुरुङले प्रतिष्ठानको ऐन,तथा कार्ययोजनाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी,भाषा साहित्य तथा अनुसन्धान बिभागका प्रमुख सहप्राध्यापक डा.शालिकराम पौड्याल लगायतले प्रतिष्ठानलाई कार्ययोजना बनाएर प्रभावकारी बनाइने बताउनुभयो ।

    सभाको बैठकले आगामी १० महिने कार्ययोजना सुझाव सहित पास गरेको छ । सभामा प्राेफेसर डा.बाबुराम ज्ञवाली,शान्तराम गिरि,पुरुषोत्तम पाण्डे, यमबहादुर थापा,डा.सागर न्याैपाने,माधव गौतम लगायतले सुझाव दिएका थिए । प्रतिष्ठानको बिद्वत परिषद १३ सदस्यीय रहेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology