Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी सरकारले ६ दिनभित्र पूर्णता पाउने,संविधान दिवसमा ५७ जना प्रदेश पदकद्वारा विभूषित हुँदै

लुम्बिनी सरकारले ६ दिनभित्र पूर्णता पाउने,संविधान दिवसमा ५७ जना प्रदेश पदकद्वारा विभूषित हुँदै

  • 2.9K
    SHARES

  • लुम्बिनी सरकारले ६ दिनभित्र पूर्णता पाउने,संविधान दिवसमा ५७ जना प्रदेश पदकद्वारा विभूषित हुँदै

    बुटवल,असाेज २।

    लुम्बिनी प्रदेश सरकारले एक साताभित्र पूर्णता पाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रिपरिषद्ले एक साताभित्र पूर्णता पाउने बताएका हुन् । 

    उनले  प्रदेश सभा सुचारु गरेन बिषयमा विपक्षी दलसँग निरन्तर संवाद भैरहेको र केही समय ढिला भए पनि सहमति बाटै प्रदेश सभाको बैठक सुचारू गर्ने समेत बताए ।

    यसैबीच शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

    ५७ जनालाई प्रदेश पदकद्वारा विभूषित गरिने:

    यसैगरी असोज ३ गते संविधान दिवसका अवसरका अवसरमा प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७  जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय पनि भएको छ । पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।

    बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

    यस्तै बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ ।

    यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत समेत गरेको छ ।
    प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology