बुटवल,असाेज १ ।
बुटवलका एक युवाले फरक तरिकाले जन्मदिन मनाएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत स्वास्थ्यकर्मी भरत जंग क्षेत्रीले आफ्नो जन्मदिनमा १ सय १ पिन्ट रगत जम्मा गरेर स्वास्थ्यसंस्थालाई प्रदान गरेका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका ६ का भरतले जन्मदिनको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरि १ सय १ प्वाईट रगत जम्मा गरे ।
गुल्मी जिल्लाका अलवा बिभिन्न ठाउँबाट बुटबलमा उपचार गर्न आउनेका लागि रगत अभावमा उपचार समस्या हुने भएकोले आफुले जन्म दिनको अबरमा यो रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेको उनले नागरिक अनलाइनसंग बताए ।
उनले भने-‘मेरोघर धुर्कोटकी एकजना बहिनिलाई थुप्रै पिन्ट रगत चढाएर उपचार गराउदा गराउदै मृत्यु भयो,यो घटनाले अझै धेरै रक्तदान गर्ने प्रेरणा मिलेकोले मैले यसरी सबैलाई आग्रह गरेर रक्तदान आयोजना गरेँ ।’
रक्तदान कार्यक्रममा नव शान्ति युवा क्लब अध्यक्ष भरत पुरी, होटल रेस्टुरेन्ट व्यवसायी संघका महासचिब माधब कुमार खनाल समाज सेवी नरिश्वर पौडेल र नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले अरुको जीवन बचाउने महान कार्य गरेकोमा केसीको प्रसंशा गर्दै यस्ता कार्यमा लाग्न सबैलाई आग्रह गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा सहभागी भै रग दान गर्ने रक्तदातालाई भरतले विशेष धन्यवाद दिएका थिए भने कार्यक्रमको संञ्चालन केशब खनालले गरेका थिए ।
२२ बर्षीय जाेशिला र हिम्मतिला युवा भरत बुटवलका सामाजिक अभियानमा पनि होमिन्छन् । उनी तिनाउ नदी सरसफाइका अभियान्ता पनि हुन् । उनी अहिले बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याव असिस्टेन्स पदमा रहेर काम गरिरहेका छन् ।

याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)