Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिदै जान्छ’ : रामकुमारी झाँक्री

‘भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिदै जान्छ’ : रामकुमारी झाँक्री

  • 2.7K
    SHARES

  • ‘भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिदै जान्छ’ : रामकुमारी झाँक्री

    बुटवल,असाेज १ ।

    नेकपा (एकिकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरुले चिन्ह होईन बिचार रोज्ने बताएकी छन् ।

    एकिकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीको बैठकलाई बुटवलमा सम्बोधन गर्दै झाँक्रीले सलाईको काँटीको झिल्को जस्तै बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन कार्यकर्ताहरुलाई आग्रह समेत गरिन् ।

    ‘आजै विद्रोह र संघर्षबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्छ ? उनले भनिन्-‘वस्तुगत अवस्थाले यसो भन्छ त ? नभन्न पनि सक्छ, आज विद्रोहको प्रक्रिया शुरु भएको छ, लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिदै जान्छ।’ 

    पार्टीको भविष्य सुनिश्चित छ :

    उनले एकीकृत समाजवादी पार्टी बहुसंख्यक युवाहरु र सम्मान गर्न लायक अग्रजहरुको पार्टी बन्ने बताइन्। 

    उनले नेपालमा अग्रगामी बनाउने अभियान शुरू भएको उल्लेख गर्दै गलत प्रबृत्तिका बिरूद्ध बिद्रोह भएकाले एकिकृत समाजवादी पार्टीको भविष्य सुनिश्चित रहेको दाबी गरिन् ।

    एमालेका नेताहरुले बिद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र ब्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप लगाउँदै भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरिन् । क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरुले चिन्ह होईन बिचार रोज्ने उनको बिश्वास छ ।

    ‘हामीलाई लुम्बिनीमा चुनौती दिनेहरुलाई हामीले अब चुनौती दिन्छौं’ :

    ‘हामी विद्रोहबाट आएका छौं, चुनौतीहरु छन् तिनलाई चिर्दै हामी अघि बढ्ने हो, केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु उपस्थित बैठकमा उनले अगाडि भनिन् -‘हामीलाई लुम्बिनीमा चुनौती दिनेहरुलाई हामीले अब चुनौती दिन्छौं, त्यसका लागि पार्टी बनाउन लाग्नुस् र युवा र अग्रज मिलेर यो अभियानलाई अघि बढाउँ।’

    कार्यक्रममा नेताहरु डा.विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, राजु गुरुङ लगायतले बोल्दै पार्टी अभियानलाई तीब्र रुपमा अघि बढाउने बताएका थिए। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology