बुटवल,असाेज १ ।
नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेका छन् । प्रदेश कमिटीको बुटवलमा शुक्रबार भएको भेलाले मेटमणिसहितको लुम्बिनी प्रदेश कमिटी चयन गरेको हाे ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का रूपन्देही अध्यक्ष समेत रहेका युवा नेता राजु गुरुङ प्रदेश कमिटी सचिव भएका छन् । यसअघि नै भागवत विश्वासी भने लुम्बिनी प्रदेश कमिटी इन्चार्ज भैसकेका छन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी ) गुल्मी जिल्ला कमिटी इन्चार्जमा हिमाल थापा र जिल्ला अध्यक्षमा श्रीराम महतलाई चयन भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)