Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाँच दलीय गठबन्धनमा चुनावी तालमेल हुन्छ : माधव नेपाल

पाँच दलीय गठबन्धनमा चुनावी तालमेल हुन्छ : माधव नेपाल

  • 1.9K
    SHARES

  • पाँच दलीय गठबन्धनमा चुनावी तालमेल हुन्छ : माधव नेपाल

    बुटवल,असाेज १ । 

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन्।

    शुक्रबार पार्टी कार्यालय शुभारम्भ गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनाबी तालमेल हुने बताएका हुन्। पाँच दलीय गठबन्धनमा एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीजसपा, राष्ट्रिय जनमोर्चा रहेका छन्।

    उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि प्रस्ट पारे । ‘क्षितिजमा चम्किरहेको नयाँ ताराले नयाँ आशा र विश्वास जनमानसमा सृष्‍टि गर्नेछ,’ उनले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ ।’

    उनले जनतालाई अल्मल्याउन आफूहरु १० थरी कुरा नगर्ने पनि प्रस्ट पारे । ‘हामी यथार्थ कुरा बोल्ने छौं, त्यत्तिकै सपनाको तरेली, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं ।’ केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी दलहरुबीच गठबन्धन बनेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology