बुटवल,असाेज १ ।
बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)