बुटवल,असाेज १ ।
लाफा समुह बुटवलले असोजको दोस्रो सातादेखि बी लेबल पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै युवा खेलाडीलाई ब्यवसायिक बनाउन उदेश्यका साथ समुहको आयोजनामा असोज १५ देखि ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।
पत्रकार सम्मेलन गरि आयोजक समुहका अध्यक्ष तारा रेश्मीमगरले दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा मैदान निर्माण, टिम दर्ता लगायतका तयारी शुरु भएको बताए । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरुको टिमको सहभागिता रहने उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्घितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।
समुहले सामाजिक उत्तरदायीत्ब अन्तरगत एम्बुलेन्स खरिद, अनाथ- वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल कभर्डहल निर्माण, प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए ।
खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए । लाफा समुहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समुहका खेलाडीहरु बिहानसाझ प्रशिक्षण लिदै आएको प्रशिक्षक विजय गुरुङले बताए ।
समुहका उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)