Logo बिहिवार, आश्विन १ गते २०८३
images

चर्कोशुल्क उठाएको भन्दै एमाले निकटअनेरास्ववियूद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

चर्कोशुल्क उठाएको भन्दै एमाले निकटअनेरास्ववियूद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

  • 4.5K
    SHARES

  • चर्कोशुल्क उठाएको भन्दै  एमाले निकटअनेरास्ववियूद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

    बुटवल,भदौ ३१ । 

    एमाले निकटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी गरेको छ। विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै  तालाबन्दी गरेको जनाएको हो ।

    क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरी आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पुरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियूका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइएको छ ।

    लकडाउन अवधि भरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गरी विद्यार्थीहरुबाट शैक्षिक शुल्क वापत लिएको रकम सम्बन्धित विद्यार्थीहरुलाई अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटी जोडदार माग गरेको थियो ।lbc.jpg

    तर हाम्रो मागलाई बेवास्ता गरी उल्टो विद्यार्थीहरुलाई धम्काउने कार्य क्याम्पस प्रशासनबाट भएको हुँदा हाम्रो माग पुरा नहुँदासम्मको लागि ताला लगाउन बाध्य भएको कुरा जानकारी गराउन चाहन्छौं ।’विज्ञप्तिमा भनिएको छ ।

    LBC TALA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology