Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘अनुशासनहीन सदस्यलाइ’ कारबाही गर्न माग गर्दै एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठकमा नाराबाजी

‘अनुशासनहीन सदस्यलाइ’ कारबाही गर्न माग गर्दै एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठकमा नाराबाजी

  • 2.7K
    SHARES

  • ‘अनुशासनहीन सदस्यलाइ’ कारबाही गर्न माग गर्दै एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठकमा नाराबाजी

    बुटवल,भदौ ३१ । 

    प्रमुख विपक्षी एमालेले लुम्बिनी प्रदेश सभाको नवौं अधिवेसन अन्तर्गत पाचौं बैंठक अवरोध गरेको छ । बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

    सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले अवरोध गरे । उनीहरूले सर्वसत्ताबाद मुर्दाबाद,अनुशासनहित सदस्यलाइ कारबाही गर,संसदको गरीमा उच्च राखौँ,लाेकतन्त्र जिन्दाबाद,संसदको अमर्यादीत ब्यबहार बन्द गर,हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइरहेका छन् ।

    सुर्य चिन्ह लिएर चुनाव जितेका २ सांसद अजय शाही र बिमलाकुमारी ओलीलाई पदमुक्त गरी कारवाही गरिएको सुचना सुनाउनुपर्ने माग गर्दै एमालेले संसद अवरोध गरिरहेको हो ।

    sansad letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology