Logo बिहिवार, आश्विन १ गते २०८३
images

केपी शर्मा ओलीले बुटवलमा भने- ‘माधव नेपाल प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन्’

केपी शर्मा ओलीले बुटवलमा भने- ‘माधव नेपाल प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन्’

  • 2.1K
    SHARES

  • केपी शर्मा ओलीले बुटवलमा भने- ‘माधव नेपाल प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन्’

    बुटवल,भदाै ३० ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालको खेदाे खनेका छन् ।बुटवलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले नेपाललाई ‘कामरेड’ भन्न नसकिने समेत बताए ।

    उनले भने, ‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ? माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् ।

    प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’ नेपालले एमाले नेतृत्वको सरकार छँदा सँधै असहयोग गरेको ओलीले गुनासो गरे ।

    ‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो रु सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो रु यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कामरेड भन्नुहुन्छ ?’, ओलीले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology