बुटवल,भदाै ३० ।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र कांग्रेसको पुच्छर बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने जिकिर गरे ।
एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश गरेको उनले बताए ।
नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धनले केहि गर्न नसक्ने बताए ।
एमालेले महागठबन्धनलाइ असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गरे । ‘विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको छ । तर एमालेले त्यो घेराबन्दीलाई असफल पार्ने र फेरि सत्ताको नेतृत्वमा पुग्छ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)