Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीका क्रियाशील पत्रकार बिन्दु कुमार चौहानको निधन

रुपन्देहीका क्रियाशील पत्रकार बिन्दु कुमार चौहानको निधन

  • 3.2K
    SHARES

  • रुपन्देहीका क्रियाशील पत्रकार बिन्दु कुमार चौहानको निधन

    बुटवल,भदौ ३० ।

    रुपन्देहीका क्रियाशील पत्रकार बिन्दु कुमार चौहानको निधन भएको छ। उपचारका क्रममा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) मा गएराति साढे १२ बजे उनको निधन भएको हाे ।

    लुम्बिनी क्षेत्रमा रहेर २ दशकदेखि पत्रकारिता गरिरहेका चौहान ३ दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । अवस्था गम्भिर भएसँगै युसिएमएसमा रिफर गरिएको थियाे ।

    उनी बुद्ध टेलिभिजन,बुटवल टुडे,एबिसी टिभि लगायतमा कार्यरत थिए ।  चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देही शाखाका पुर्व कार्यसमिति सदस्य तथा साधारण सदस्य समेत हुन्।

    ४५ वर्षिय चौहानका १ श्रीमती, ४ छोरा र ३ छोरी रहेका छन् । उनको अन्तिम संस्कार स्थानीय कोठी नदिमा गरिने पारिवारिक श्रोतले जनाएको छ। 

    पत्रकार सम्बद्ध संङघ संस्थाहरूले चाैहानको निधनमा दु:ख ब्यक्त गरेका  छन् ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पोख्रेलले चौहानको निधन प्रति दुखः ब्यक्त गरेका छन् । उनले स्वाभिमानी र निडर सहकर्मीलाई गुमाउनुपरेको बताए ।

    नाागरिक अनलाइन पत्रकार चाैहानको चीर शान्तिको कामना सहित परिवारमा समवेदना ब्यक्त गर्दछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology