बुटवल,भदौ २९ ।
रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय मृत्यु प्रकरणमा १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मातहतका प्रहरी तथा आन्दाेलनपक्षसहित प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको सीताका बुबा हरिप्रसाद भण्डारीले नागरिक अनलाइनसंग बताए ।
जाहेरीमा मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई किटानी गरिएको छ ।
मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।
बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियाे ।
नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको दश दिन बित्दा पनि उनको शव उठेको छैन । घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाएमा मात्रै शव बुझ्ने माइति परिवारको भनाइ छ ।

तिलोत्तमाकी सीताको रहस्यमय मृत्यु प्रकरण : १० दिनसम्म उठेन शव ,न्याय खोज्दै माइती ! (फोटोफिचर)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)