बुटवल,भदौ २९ ।
लायन्स क्लव अफ बुटवल खस्यौली र खस्यौलीको स्पोन्सरसीपमा स्थापित लायन्स तथा लियो क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
क्लवले आफ्नो मातहतमा स्थापीत भएको लायन्स तथा लियो क्लवका पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी पदस्थापन तथा क्लवमा प्रवेश गर्ने नयाँ सदस्यहरुलाई इन्डक्सन कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स बर्ष २०२१र०२२ का निर्वाचित अध्यक्ष तथा पदाधीकारी, लायन्स तथा लियो क्ल्वमा प्रवेश गर्ने नयाँ सदस्यहरुलाई लायन्स जिल्ला ३२५ बी २ नेपालका डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्टले पद तथा गोपनियताको सपथ ग्रहण एव इन्डक्सन गराए । यस बर्ष लायन्स क्लव अफ बुटवल खस्यौलीमा १० जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् ।

नयाँ सदस्य तथा क्लवका निर्वाचीत पदाधीकारीलाई सपथ ग्रहण गराउदै कार्यक्रमका प्रमुख अतिथी गर्भनर भट्टले लायन्स क्लव विश्वभर सबै भन्दा धेरै राष्ट्रमा सबैभन्दा धेरै सदस्यहरु भएको अन्तराष्ट्रिय सस्था भएको बताउदै लायन्सको अन्तराष्ट्रिय उद्धेश्य हामी सेवा गर्छौ भन्ने उद्धेश्य अनुरुप समाज सेवामा लाग्न आग्रह गरे ।
पदस्थापन कार्यक्रमको अवसरमा लायन्स बुटवल खस्यौलीको स्पोन्सरसीपमा गत बर्ष स्थापीत लायन्स क्ल्व अफ सैनामैना बोलबमको चार्टर प्रिजेन्टेसन समेत भएको छ । लायन्स बुटवल खस्यौलीले पुन आफ्नो स्पोन्सरमा नयाँ लायन्स क्लवको रुपमा लायन्स क्लव अफ बुटवल समानताको समेत व्यानर उद्ध्घाटन गरेको छ ।
खस्यौलीको स्पोन्सरमा स्थापीत उक्त क्लव एलजिबिटीआईक्यु समुदायका ७० प्रतिशत भन्दा बढीको सदस्यता रहने र विश्वमै नमुना क्लवको रुपमा स्थापीत भएको क्लवकी अध्यक्ष अनिक रानाले बताइन । उनले समाजमा एलजिबिटीआई क्यु समुदायका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा लायन्सले महत्वपुणर् भुमिका खेल्ने आशा व्यक्त गरिन ।
नयाँ स्थापीत लायन्स क्लवको एक्सटेन्सन च्यरपर्सनमा क्लवका मिडिया कोर्डिनेटर लायन सुमन रश्मी श्रेष्ठ र अध्यक्ष बिष्णु प्रसाद उपाध्याय रहेका छन् भने गाइडिङ्ग लायनको रुपमा पुर्व अध्यक्ष ज्ञान बहादुर पुन र निर्वतमान अध्यक्ष राजु पौडेल रहेका छन् ।
लायन्स क्लव अफ बुटवल खस्यौलीका निर्वतमान अध्यक्ष राजु पौडेलको अध्यक्षतमा सुरु भएको कार्यक्रममा निर्वतमान अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा कार्यक्रम संयोजकको जिम्मेवारी लिएको सदस्य तथा आफ्नो कार्यकालमा सहयोग गर्ने लायन्स सदस्यहरुलाई मायाको चिनो प्रदान गरे ।
पदस्थापन पछि कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै लायन्स क्लव अफ बुटवल खस्यौलीका बर्ष २०२१-२२ का अध्यक्ष लायन बिष्णु प्रसाद उपाध्याय र कार्यक्रमका प्रमुख अतिथी गर्भनर लायन राम प्रसाद भट्टले क्ल्वले संचालन गर्न लागेको परियोजना अन्र्तगत बुटवलको मंगलम पोलिक्लिनिक सँगको सहकार्यमा स्थापीत लायन्स डायबिटिज क्लिनीकको उद्घाटन गरको छन् ।
पदस्थपान कार्यक्रमको अवसरमा क्लवले संचालन गर्दै आएको रेडियोे तथा युट्युब कार्यक्रम लायन्स कर्नर संचालनको लागी क्लवका अध्यक्ष उपाध्याय र खस्यौली एफ एमका निर्देशक रोहित ढकाल बिच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
कार्यक्रममा लायन्स बुटवल खस्यौलीको स्पोन्सरमा स्थापीत भएको लियो क्लव अफ बुटवल खस्यौलीको स्थापनाको एक दशक पुरा गरेको अवसरमा क्लवको दशक पुरा गरेको व्यानर अनावरण गरिएको छ ।
यस्तै क्लवले तर्फबाट यस बर्ष मेल्भिन जोन्स फाउन्डेसन एमजेएफको सदस्य बनेका क्लवका सस्थापक अध्यक्ष मुत्ति प्रसाद श्रेष्ठ तथा पुर्व अध्यक्ष ज्ञान बहादुर पुनले कार्यक्रमका प्रमुख अतिथीले गर्भनरको तक्माले सम्मान गर्नु भयो ।
क्लवका सस्थापक अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठको स्वागत तथा सचिव बिकास गौतमको संचालन रहेको कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ बी का पुर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ, चिफ एड्भाइजर उमङ्ग देवकोटा, लायन्स क्लव सैनामैना बोलबमा सस्थापक अध्यक्ष हरि प्रसाद पोख्रेल तथा प्रस्तावित लायन्स क्लव अफ बुटवल समानताकि अध्यक्ष अनिक राना लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)