Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोतिपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि रुपन्देही प्रशासनले तोक्यो निषेधित क्षेत्र !

मोतिपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि रुपन्देही प्रशासनले तोक्यो निषेधित क्षेत्र !

  • 4.9K
    SHARES

  • मोतिपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि रुपन्देही प्रशासनले तोक्यो निषेधित क्षेत्र !

    बुटवल,भदौ २९ ।

    रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुकुम्वासीका नाममा मोतीपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि बुटवल उप-महानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गर्दै प्रशासनले आजदेखि निषेधाज्ञा लागू गरेको हो ।

    औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुम्बासी भेला गर्ने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक विज्ञप्ति जारी गरी त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ ।
    ‘निषेधित क्षेत्र भित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा आम सर्वसाधारणमा सूचित गरिन्छ ।’–विज्ञप्तीमा उल्लेख छ ।

    prachanda thaiba family.jpg

    यी खबरहरु पनि पढाैँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology