Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप १० कोरोना संक्रमितको मृत्यु,४७७ पुगे मृतक,१५७३ संक्रमित थपिए

थप १० कोरोना संक्रमितको मृत्यु,४७७ पुगे मृतक,१५७३ संक्रमित थपिए

  • 3.1K
    SHARES

  • थप १० कोरोना संक्रमितको मृत्यु,४७७ पुगे मृतक,१५७३ संक्रमित थपिए

    बुटवल,असाेज ११- 

    नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

    ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। 

    यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ। पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ६९८ जना छन्।मन्त्रालयका अनुसार हाल ६ हजार २२१ जना क्वारेन्टाइनमा छन्।

    आज १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।

    पछिल्लो २४ घण्टामा थप ८८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५३  हजार ८९८ जना संक्रमित  उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३।४ प्रतिशत हो। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology