Logo बिहिवार, आश्विन १ गते २०८३
images

मानव अधिकारबादी नेता कृष्ण पहाडीको दिल्लीस्थित एपोलो अस्पताल उपचार हुँदै

मानव अधिकारबादी नेता कृष्ण पहाडीको दिल्लीस्थित एपोलो अस्पताल उपचार हुँदै

  • 4.1K
    SHARES

  • मानव अधिकारबादी नेता कृष्ण पहाडीको दिल्लीस्थित एपोलो अस्पताल उपचार हुँदै

    बुटवल,भदौ २७। 

     मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं नेपालकै वरिष्ठ मानव अधिकारबादी नेता कृष्ण पहाडी दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भै एक सातादेखि उपचाररत हुनुहुन्छ ।

    काठमाडौं र दिल्लीका बिभिन्न अस्पतालहरुमा यसअघि पनि पटक पटक उपचार गराईरहनु भएका पहाडी नाकको हड्डी, पेटको अल्सर लगाएत बिभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भै उपचार गराईरहनु भएको छ ।

    यसैबिच आज मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले संस्थापक सभापति पहाडीसँग टेलिफोन संवाद गरि उहाँको स्वास्थ्य अवस्था र उपचारका बारेमा जानकारी लिनु भएको छ । सभापति खनालका अनुसार केहीदिन यता संस्थापक सभापति पहाडीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको भएपनि पुर्णरुपले स्वास्थ्य लाभ हासिल गर्न केहीसमय अझै लाग्ने जानकारी उहाँले दिनु भएको छ ।

    नेता पहाडीको ९ वर्षअघि  दिल्लीमा दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो । टेलिफोन संवादमा नेता पहाडीले नेपालको पछिल्लो राजनैतिक घटनाक्रम र शान्ति समाजको अभियानको बारेमा पनि जिज्ञाशा राख्नु भएको सभापति खनालले बताउनु भयो ।

    खनालका अनुसार अल्सर, मधुमेह, उच्च रक्तचाप, थाइराइड, स्पोन्डोलाईसिस, प्रोस्टेट, घाटी, नाक र घुडामा हड्डिको समस्या रहेको उहाँले बताउनु भएको छ । उपचार प्रभावकारी ढंगले भैरहेको र छिट्टै स्वास्थ्य समस्या समाधान भै फर्किने पनि उहाँले बताउनु भयो । डीको नौ वर्ष अगाडि पनि दिल्लीमा दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology