बुटवल,भदौ २६।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-४ मा रहेको पटौटी स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।
अर्घाखाँची दीगो विकास केन्द्र काठमाडौंको सहयोग तथा नेपाली कांग्रेस पाणिनी-४ पटौटिको समन्वयमा उक्त अक्सिजन कन्सन्ट्रेटर शुक्रबार नेपाली कांग्रेसका महासमिति सदस्य द्वय डा जयबहादुर टन्डन र डा मुक्ति प्रसाद श्रेष्ठको आथित्यतामा हस्तान्तरण गरिएको हो ।
अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर आए सँगै विरामीको उपचार तथा हेरचाहमा थप सेवा मिल्ने छ । कोरोना महामारीको बिषम परिस्थितिमा अक्सिजनको अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले सहयोग गरेको डा.टन्डनले नागरिक अनलाइनलाइ बताए ।
साे अक्सिजन कन्सन्ट्रेटरले वाताबरणिय रुपमा नै अक्सिजन उत्पादन गर्ने भएकोले उपयोगको लागि अत्यन्तै सहज भएको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा वरीष्ठ नेता श्याम नाथ काश्यप, नेपाली कांग्रेस वडा सभापति धर्मराज घिमिरे लगायत क्षेत्रीय प्रतिनिधि नारायण हरि घिमिरे, शालिकराम घिमिरे, विनोद घिमिरे, ठाकुर घिमिरे लगाएत पटौटिका सबै राजनैतिक दलहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त सहयोग प्रदान गर्ने डा जय बहादुर टण्डन र डा मुक्ति श्रेष्ठलाई स्वास्थ चौकीको तर्फबाट अहेब चन्द्रमणी भट्टराई ले धन्यवाद दिनुभएको थियो।
कार्यक्रम पाणिनी-४ का वडा अध्यक्ष थानिश्वर घिमिरेको अध्यक्षता र स्वास्थ चौकीका सिनियर अहेब गणेश प्रसाद घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)