Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवाका १३ जना वडासभापतिलाइ काँग्रेसको सम्मान

भैरहवाका १३ जना वडासभापतिलाइ काँग्रेसको सम्मान

  • 1.8K
    SHARES

  • भैरहवाका १३ जना वडासभापतिलाइ काँग्रेसको सम्मान

    बुटवल,भदौ २५।

    १४ औँ महाधिवेशन अन्तरर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निर्वाचित नेपाली काँग्रेसका वडा सभापतिहरुलाइ सम्मान गरिएको छ ।

    १३ वटा वडा मध्ये ११ मा सर्वसम्मत र २ वटामा निर्वाचन भएको थियो । वडा कमिटी काङ्ग्रेसको मुख्य जग भएको र वडामा नेतृत्व गर्नेलाइ हौसला प्रदान गर्ने उद्धेश्यले पहिलो पटक वडा सभापति र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्ने निवर्तमान सभापतिहरुलाइ एकै पटक सम्मान गरिएको हो ।

    १४ औँ महाधिबेशनमा नगर सभापतिका प्रत्यासी कोशिस खड्काको अगुवाइमा भएको कार्यक्रमको सभापतित्व नेपाली काङ्ग्रेस रुपन्देहिका कोषाध्यक्ष दिपक न्यौपानेले गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेस रुपन्देहिका सचिव रामकृष्ण खाणले १४ औ महाधिबेसन एकताको महाधिबेसन भएको भन्दै निर्वाचित र निवर्तमान सभापतिहरुलाइ सम्मान गर्नु पनि एकताको सन्देश भएको बताए । गुट उप गुटले काङ्ग्रेसलाई कमजोर बनाउने उनको भनाइ छ ।

    कार्यक्रममा संविधानसभाका सदस्य इस्तियाक अहमद खान,जयतुननिसा खान,काँग्रेस नेताहरु सुरेन्द्रजग थापा,राम किसन बिक,देबि प्रसाद चौधरी,महेन्द्र कुमार,सुदर्शन नेपाल,लेखनाथ भट्टराई, यमबहादुर राना लगायतको सहभागिता रहेको थियो । 

    odaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology