बुटवल,असाेज ११-
सार्वजनिक भएको दुइदिन नहुदै ‘एक दिन’ यूट्युबको ट्रेण्डिङमा उक्लिएकाे छ । गायक पुस्कल शर्मा र विष्णु माझीको सुमधुर स्वरमा सजिएकाे नयाँ लोकदोहोरी गीत ‘एक दिन’ धेरैले रूचाएका छन् ।
गायक शर्माले नागरिक अनलाइनसँग कुराकानी गर्दै जन्मदिनकाे दिन याे गीत सार्बजनिक गरेकाे बताए । उनकाे सबैकाे माया पाउनेमा ढुक्क रहेकाे समेत बताए ।
पिताम्बर विस्ट आनन्दको शब्द रचनामा गायक पुस्कलले नै संगीत भरेका छन् । सो गीत शुक्रवार पुस्कल शर्मा यूट्युव च्यानलबाट सार्वजनिक गरिएको थियाे ।
गीतको भिडियो करिब एक लाख पटक हेरिएको छ ।
मन्दिर म्युजिकको प्रस्तुतिमा रहेको यस गीतमा पुस्कल शर्मा र सारिका केसीले मोडलिङ गरेका छन् । गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् भने बिमल छिनाल र राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)