Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा नगर सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता हरि तिवारीको घोषणा

तिलोत्तमा नगर सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता हरि तिवारीको घोषणा

  • 5.4K
    SHARES

  • तिलोत्तमा नगर सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता हरि तिवारीको घोषणा

    बुटवल,भदाै २४ । 

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा अधिबेशन सकिएलगत्तै नगर अधिबेशनको सरगर्मी शुरु भएको छ । वडाबाट नेतृत्व चयन भईसकेको छ । क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

    अब वडाबाट नगर तर्फ अधिवेशन उन्मुख छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरसभापतिमा नेपाली कांग्रेसका जिल्ला सदस्य हरिप्रसाद तिवारीले दाबेदारी प्रस्तुत गरेका छन्  ।

    स्याङ्जा रापाकोटमा जन्मिएका तिवारी अहिले रुपन्देहीको तिलोत्तमा ३ मा बसोबास गर्दछन् । ३० बर्षदेखि निरन्तर राजनीतिमा सक्रिय रहेका उनी २०४८ सालमा टे«ड युनियन कांग्रेस रुपन्देहीको जिल्ला सदस्य हुंदै,शंकरनगर वडा संयाृजक,सचिब,क्षेत्रीय सदस्य क्षेत्र न २ र १३ औं महाधिबेशनबाट जिलला सदस्य निर्बाचित भएका थिए ।

    ५८ बर्षिय तिवारीले तिलोत्तमा नगर सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।  उनले पार्टीलाई एकजुट बनाउने र बिग्रिएको  संगठन चुस्त दुरुस्त बनाउदै उनले गुट र उपगुटको अवस्थालाई अन्त्य गर्न आफु सभापतिमा उठ्ने नागरकि अनलाइनसंग बताए । 

    पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरे । 
    उनले केहिदिनमा सार्बजनिक रुपमा कार्यक्रम गरेर नै केहिदिनमै नगर सभापतिको उम्मेदबारी घोषणा गर्ने बताए । तिलोत्तमामा अहिले ३८३ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

    तिलोत्तमा नगर सभापतिमा हालका नगर सभापति हरि पाण्डेय र वडाध्यक्ष नारायण न्याैपानेको पनि चर्चा सुनिएको छ यद्यपी उनीहरूले उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

    नगर अधिवेशन यहि २८ गतेबाट शुरू हुँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology