बुटवल,भदौ २४ ।
नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश शाखाले बिश्व फिजियोथेरापी दिवस को अवसरमा प्रथम अन्तर भौतिक चिकित्सक फुट्सल टुर्नामेटको आयोजना गरेको छ ।
बुटवलमा भएको प्रतियोगितामा नवजीवन फिजियो रिह्यब सन्टेरले सि एम सि लाई हराएको छ । सि एमसीले १२–२ को गोल अन्तर ले हराएको हाे ।
चिकित्सकहरु बिचआपसी सद्भभाव बढाउने उदेश्य गरेको प्रतियोगतामा अभिषेक रोकाया ले बेस्ट प्लयेर अवार्ड हात सफल भएका छन्।
उक्त प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । विजेताहरुलाई मेडल र प्रमाण पत्र एक समारोह बिच प्रदान गरिएको छ ।
दिवसको अवसरमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम गर्दे आएको नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश शाखा अध्यक्ष डा.जगदिश खनालले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)