Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्याननमा तीज नृत्य प्रतियोगिता ,तीन तहका विद्यार्थीहरुको सहभागिता

क्याननमा तीज नृत्य प्रतियोगिता ,तीन तहका विद्यार्थीहरुको सहभागिता

  • 3.1K
    SHARES

  • क्याननमा तीज नृत्य प्रतियोगिता ,तीन तहका विद्यार्थीहरुको सहभागिता

    बुटवल,भदाै २४ । 

    बुटवलको क्यानन माध्यमिक विद्यालयले हरितालिका तीजको अवसरमा विद्यार्थीहरुवीच अनलाईन तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । 

    विद्यार्थीहरुहरुलाई नेपाली कला संस्कृतिको बारेमा जानकारी गराउदै संरक्षण सम्वद्र्धनमा अग्रसर गराउने तथा विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा माध्यमिक, प्राथमिक र पुर्व प्राथमिक तह गरी तीनै तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 

    जस अन्र्तगत माध्यमिक तह तर्फको प्रतियोगितामा तृप्ती कुँवर प्रथम, बेला खड्का द्वितीय,सदिक्षा भण्डारी तृतीय र परिधी भुषाल सान्त्वना हुन सफल भए भने प्राथमिक तह तर्फको प्रतियोगितामा रिया बिश्वकर्मा प्रथम, अनुषका भट्टाई द्वितीय, आर्या गैरे तृतीय र आइशना भट्टराई सान्त्वना हुन सफल भए ।

    त्यस्तै पूर्व प्रथमिक तह तर्फको प्रतियोगितामा संसा ज्ञवाली प्रथम, मनिष बेल्वासे द्वितीय, प्रद्दिती बेल्वासे तृतीय र दिप्सन रुचेल र सनम बुढाथोकीले सान्त्वना स्थान हासिल गरेका थिए ।

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिन गिरीको अध्यक्षतामा भएको साे प्रतियाेगितामा विद्यालयका प्राचार्य थानेश्वर पौडेल, सह प्राचार्य सुर्य प्रसाद पाण्डे र बरिष्ठ शिक्षक वेदनीधी घिमिरे लगायतको आतिथ्यता रहेको थियो । 
    प्रतियोगितामा मावि तर्फ इश्वरी खनाल, रोमी श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।

    भने प्रावि भगवती पाण्डे,सविता केसी जमुना रिजाल, पुर्व प्र  प्रमिना ज्ञवाली र  मिना पाण्डेले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रम विद्यालयका शिक्षक गिता राना, कल्पना पौडेल र पुष्पा खड्काको संचालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology