Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको १४औ महाधिवेशन भदौ १८ गतेदेखि सुरु भएको निर्वाचन आयोगलाई जानकारी

कांग्रेसको १४औ महाधिवेशन भदौ १८ गतेदेखि सुरु भएको निर्वाचन आयोगलाई जानकारी

  • 1.9K
    SHARES

  • कांग्रेसको १४औ महाधिवेशन भदौ १८ गतेदेखि सुरु भएको निर्वाचन आयोगलाई जानकारी

    बुटवल,भदाै २४ । 

    नेपाली कांग्रेसले भदौ १८ गतेदेखि नै कांग्रेसको १४औ महाधिवेशन सुरु भएको निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

    निर्वाचन आयोगका सहायक-प्रवक्ता कोमलप्रसाद धमलाले बुधबार नेपाली कांग्रेसले आयोगलाई पत्र पठाउँदै महाधिवेशन सुरु भएको जानकारी गराएको बताए ।

    उनले भने, ‘कांग्रेसले भदौ १८ गतेबाट महाधिवेशन सुरु भएको बुधबार औपचारिक रुपमा आयोगलाई पत्रमार्फत जानकारी गराएको छ । पत्रमा क्रमिक रूपमा गर्दै जाने भनिएको छ।’

    कांग्रेसको महाधिवेशन तालिका अनुसार भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको हो । संविधानमा व्यवस्था भएबमोजिम पाँच वर्षभित्र केन्द्रीय महाधिवेशन गराइसक्‍नु पर्ने थियो ।

    विशेष अवस्थाका कारण थप गर्न पाउने ६ महिनाको म्याद पनि बुधबारदेखि सकिएको छ । सोही कारण अधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको आयोगलाई जानकारी गराइएको हो । कांग्रेसले १४औँ महाधिवेशन आउँदो मंसिर ९-१३ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology