Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधि छनोटमा मनाेमानी भएको भन्दै कांग्रेस क्षेत्रीय प्रतिनिधिका आकांक्षी गौतमको असन्तुष्टि

प्रतिनिधि छनोटमा मनाेमानी भएको भन्दै कांग्रेस क्षेत्रीय प्रतिनिधिका आकांक्षी गौतमको असन्तुष्टि

  • 2.5K
    SHARES

  • प्रतिनिधि छनोटमा मनाेमानी भएको भन्दै कांग्रेस क्षेत्रीय प्रतिनिधिका आकांक्षी गौतमको असन्तुष्टि

    बुटवल,भदौ २३। 

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर तिलोत्तमा– ६ का क्षेत्रीय प्रतिनिधि आकांक्षी लक्ष्मण गौतमले असन्तुष्टि जनाएका छन् ।

    बुधबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कांग्रेसको विधानतः सहमति नभए निर्वाचन प्रक्रियामा जाने ब्यवस्था भए पनि ६ नम्बर वडामा सहमति विना नै एकाधिकार प्रयोग गर्दै क्षेत्रिय प्रतिनिधी छनोट गरिएको गौतमको आरोप छ ।

    क्षेत्रीय प्रतिनिधिका लगि आफ्ना प्रस्तावक तथा समर्थकलाई स्थानीय केही युवाले  धम्क्याउनुका साथै उमेद्वारीका लागि दिइएको फर्म समेत च्यात्ने काम भएको भन्दै गुनासाे गरे ।

    पत्रकार सम्मेलन कांग्रेसको विरोध र अधिबेशनलाई रोक्न नभएर लोकतान्त्रिक तरिकाले अधिबेशन गराउनु पर्नेमा जोड रहेको उनले बताए ।

    उनले  सत्यतथ्य छानविन र नियमसँगत अघि बढ्नका लागि निर्वाचन समितिमा आफूले उजुरी दर्ता गरेको उनले बताए ।

    तिलोत्तमा– ६ बाट महाधिवेशनका लागि २६ जना प्रतिनिधि छनोट भएका छन् । ३१३ जना कांग्रेस क्रियाशिल सदस्य रहेको यस वडामा निर्वाचन नगरी सहमतीय प्रणालीबाट प्रतिनिधि छनोट गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology