Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एमालेले दियो जिल्ला कमिटीलाई पूर्णता

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एमालेले दियो जिल्ला कमिटीलाई पूर्णता

  • 4.0K
    SHARES

  • लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एमालेले दियो जिल्ला कमिटीलाई पूर्णता

    बुटवल,भदाै २३ ।

    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशमा रहेका १२ वटै जिल्ला कमिटीलाई पूर्णता दिएको छ । उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटीसहित सबै जिल्ला कमिटीमा नेतृत्वलाई पूर्णता दिएको हो ।

    बैठकले दशबुँदे सुझाव कार्यान्वयन गर्न लुम्बिनी प्रदेश बाह्रै जिल्लामा सर्वसम्मत निर्णय भएको प्रेस चाैतारी नेपाल रूपन्देहीले आयाेजना गरेकोे पत्रकार सम्मेलनमा पाैडेलले जानकारी दिए ।

    बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खडका,सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु कार्यालय सचिव बलराम अधिकारीलाई जिम्मेवारी दिएको छ ।

    बैठकले गरेका निर्णय सार्वजनिक गर्दै नेता पौडेलले अबको प्रदेश अध्यक्षले आगामी बैठकको अध्यक्षता गर्ने बताएका थिए । जेठ दुई अघि एमालेका जिल्ला अध्यक्ष रहेका १२ जिल्लामध्ये १० जिल्लाका अध्यक्ष एमालेमै रहेका छन् ।

    नामावली :

    रुपन्देही:
    शिवराज सुवेदी, अध्यक्ष
    पुरुषोत्तम घिमिरे, उपाध्यक्ष
    जागेश्वरी चौधरी, सचिव
    गोपाल राना, उपसचिव

    अर्घाखाँची:
    चेतनारायण आचार्य, अध्यक्ष
    जिवनारायण कोइराला, उपाध्यक्ष
    तोजवहादुर रायमाझी, सचिव
    प्रेम गैरे, उपसचिव

    गुल्मी:
    मधुकृष्ण पन्त, अध्यक्ष
    वालसिं काउछा, उपाध्यक्ष
    सोमप्रसाद सापकोटा, सचिव
    धर्म विक, उपसचिव

    पाल्पा:
    नारायण आचार्य, अध्यक्ष
    मोहन थापा, उपाध्यक्ष
    ओजवहादुर घर्ति, सचिव
    कमल पाण्डे, उपसचिव

    नवलपरासी:
    तुलसी पासी, अध्यक्ष
    डोलराज भण्डारी, उपाध्यक्ष
    थानप्रसाद गैरे, सचिव
    राजन आचार्य, उपसचिव

    कपिलवस्तु:
    झविलाल पोखरेल, अध्यक्ष
    वावुराम खनाल, उपाध्यक्ष
    वावुराम आचार्य, सचिव
    विश्राम चौधरी, उपसचिव

    दाङ:
    टिकाराम खडका, अध्यक्ष
    हुकुम बस्नेत, उपाध्यक्ष
    मनोहर वुढाथोकी, सचिव
    कृष्ण भुषाल, उपसचिव

    बर्दिया:
    लालवहादुर श्रेष्ठ, अध्यक्ष
    शालिकराम अधिकारी, उपाध्यक्ष
    पदम ढकाल, सचिव
    नुतन चौधरी, उपसचिव

    बाँके:
    निरक गुरुङ, अध्यक्ष
    किस्मत कक्षपती, उपाध्यक्ष
    रत्न खत्री, सचिव
    प्रमोद धिताल, उपसचिव

    रोल्पा:
    वालाराम वुढा, अध्यक्ष
    विजय घर्ती, उपाध्यक्ष
    निमप्रसाद रोका, सचिव
    राजेन्द्र वुढाथोकी, उपसचिव

    रुकुम पूर्व:
    टोपवहादुर वली, अध्यक्ष
    रुजिधन घर्तिमगर, उपाध्यक्ष
    लिलामणि गौतम्, सचिव
    तेजेन्द्र वुढामगर, उपसचिव

    प्युठान:
    तुलसी शर्मा, अध्यक्ष
    हुकुम खडका, उपाध्यक्ष
    मोहन जिसी, सचिव
    उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology