Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेले काँचुली फेरेको हाे,फुटेको हाेईन : उपमहासचिव बिष्णु पाैडेल

एमालेले काँचुली फेरेको हाे,फुटेको हाेईन : उपमहासचिव बिष्णु पाैडेल

  • 3.8K
    SHARES

  • एमालेले काँचुली फेरेको हाे,फुटेको हाेईन : उपमहासचिव बिष्णु पाैडेल

    बुटवल,भदाै २३ ।

    नेकपा एमालेका उपमहासचिव बिष्णु पाैडेलले नेकपा एमाले फुटेकाे नभई काँचुली फेरेकाे बताएका छन् । उनले कथिट फुटले एमालेलाई फरक नपर्ने दाबि गरे ।

    बुटवलमा प्रेस चाैतारी नेपाल रूपन्देहीले आयाेजना गरेकोे पत्रकार सम्मेलनमा बाेल्दै उनले माधव नेपाल पक्षलाई घिनलाग्दाे अपराध गरेकाे आराेप लगाए ।

    पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे ।

    पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए । ‘पहिले यो विषय संसदमा आओस् , हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं ।’

    लोभ र अवसरका लागि केही व्यक्तिले समूह बनाए  :

    पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभइ लोभ र अवसरका लागि केही व्यक्तिले समूह बनाएको आरोप लगाए ।

    ‘केही अवसर खोज्ने साथीहरु चर्न जानुभएको छ, यसले पार्टीलाई केही फरक पर्दैन’, उनले भने ।

     ‘यो भद्दा अवसरवाद हो । उहाँहरू अवसरका लागि जनताको बहुदलीय जनवादसमेत त्यागेर जानुभएको छ’ उनले भने, ‘यसैमा विद्यावारिधि गरेका साथीहरुलाई ग्लानीसमेत भएन, एमालेमा फर्केर आउन नचाहेका कारण जबज छोडेर जानुभएको हो, उहाँहरुको अन्तै विलिन हुने सोच यसबाट प्रष्ट हुन्छ ।’

    एमाले फुटाउन ल्याएको अध्यादेश संसदबाट पारित गर्न उनले चुनौती दिएका छन् । पौडेलले भने– हिम्मत छ भने एमाले विभाजनका लागि ल्याइएको अध्यादेश संसदबाट पारित गर्नुहोस् ।

    कार्यक्रमको अध्यक्षता प्रेस चाैतारीका अध्यक्ष अमृत गिरी र संचालन सम्झना शर्माले गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology