Logo बिहिवार, आश्विन १ गते २०८३
images

युवा साहित्यकार पाण्डेयलाई मोतीराम भट्ट साहित्य पुरस्कार प्रदान 

युवा साहित्यकार पाण्डेयलाई मोतीराम भट्ट साहित्य पुरस्कार प्रदान 

  • 3.3K
    SHARES

  • युवा साहित्यकार पाण्डेयलाई मोतीराम भट्ट साहित्य पुरस्कार प्रदान 

    बुटवल,भदौ २२। 

    युवा साहित्यकार पुरुषोत्तम पाण्डेयलाई मोतीराम भट्ट साहित्य पुरस्कार प्रदान गरिएको छ ।नव जागृति पुस्तकालय बुटवललेएक कार्यक्रमबिच  उनलइ नगद,सम्मानपत्र र सहित सम्मान गरेको हो ।

    पुस्तकालयले युवाकवि मोतिराम भट्टको १५६ औँ जन्मजयन्तीको अवसरमा युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार २०७८ द्वारा पाण्डेयलाई रु. पाँच हजार पाँच नगदसहित सम्मान गरेको हो ।

    पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधव घिमिरको नाममा कविहरूको जन्मजयन्तीका अवसरमा प्रदान गर्ने गरी ६ वटा साहित्यिक पुरस्कार स्थापना गरेको छ ।

     यस वर्षदेखि सुरुवात गरिएका पुरस्कारहरूमध्ये यसअघि असार २९ गते आदिकवि भानुभक्त आचार्य पुरस्कार वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीलाई प्रदान गरिएको थियो । 

    नव जागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, साहित्यकार कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता, पुस्तकालयका वरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै सम्मानित स्रष्टाको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा  विश्व हिन्दु महासंघ नगर समिति अध्यक्ष चन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य, पुरस्कार छनोट समितिकी सदस्य अम्बिका पौडेल क्षेत्रीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology