Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा प्रतियोगिता

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा प्रतियोगिता

  • 3.0K
    SHARES

  • गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा प्रतियोगिता

    बुटवल,भदौ २२। 

    गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा तीज मिलन तथा प्रतियोगिता २०७८ सम्पन्न भएको छ । कोरोना महामारीक कारण भौतीक रुपमा उपस्थित हुन नसकेकाले जुम मार्फत कार्यक्रम गरिएको उपाध्यक्ष तथा तिज मिलन कार्यक्रमका संयोजक उषा खत्रीले बताइन् ।

    उक्त कार्यक्रममा बोल्दै समाजका सल्लाहकार सावित्रा टण्डनले विषम परिस्थिती भएपनि प्रविधिको प्रयोग गरी समाजले कार्यक्रम गरेर राम्रो काम गरेको बताइन् । चाडबाडका बेला समाजका सदस्य दिदीबहिनीलाई प्रतियोगिता गरी प्रोत्साहन गरेकामा उनले खुसी व्यक्त गरिन् ।

    प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो । उनीहरुले जुम मार्फत नै आफ्ना गित र नृत्यु प्रस्तुत गरेका थिए । प्रतियोगिताबाट माया खड्काको समुह प्रथम, सुरक्षा क्षेत्रीको समुह छितीय, निर्मला भुषालको समुह तृतीय र जस्मिन टण्डनको समुह सान्त्वना स्थान हांसिल गर्न सफल भएका थिए ।

    प्रतियोगिहरुलाई समाजका सल्लाहकार घनश्याम अर्यालले नगद पुरस्कार प्रदान गर्नुभएको थियो । उहांले दिदीबहिनीको चाडमा आफुले समाजका तर्फबाट पुरस्कार सौजन्य गर्दा दर खुवाए सरह लागेको बताए । कार्यक्रममा सल्लाहकार हेमलाल शर्माको विशिष्ठ आतिथ्यता रहेको थियो ।

    त्यस्तै, अतिथीहरु सल्लाहकार लक्ष्मण अर्याल, युनाइटेड हेल्थ कलबका अध्यक्ष ईन्द्र थापा लगायतको उपस्थिती रहेको कार्यक्रम समाजका अग्रज सदस्य मिरा भुषालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सह सचिव सबिना टण्डनले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन संयोजक उषा खत्रीले गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology