बुटवल,भदौ २२।
रुपन्देहीको तिलोत्तमामा युवतीको ‘संकास्पद हत्या’ भएको छ । तिलोत्तमा ८ मणिग्राममा चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पाैडेलको भदौ १९ गते राती हत्या गएको युवतीका माइतीले दाबि गरेका छन् ।
बुटवलमा पत्रकार सम्मेलन गर्दै मृतक २७बर्षिय युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताए ।
उनका ज्वाइ ४३ बर्षका टीका पाैडेलले पाल्पामा दरबार रिसाेर्ट संचालन गरेको बताइएको छ । हरिप्रसादले ज्वाइ टीकाको परिवारले योजनाबद्ध हत्या गरेको आराेप लगाए ।
१९ गते रातीको घटना माइतिपक्षलाइ २० गते बिहान साढे ५ बजेमात्रै जानकारी दिइएको थियो । ती युवतीले आफैले आत्महत्या गरेको मृतक युवतीका घरपरिवारको दाबि छ ।
माइतिपक्षले सो घटनाबारेमा इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेर दिएपनि उनीहरुको जाहेरी प्रहरीले दर्ता गरेको छैन ।
उनको शब बुटवलको अस्पतालमा पोष्टमार्टम गरिएको छ । तर आफन्तले उनको शब बुझ्न मानेका छैनन । रकमको लेनदेनले गलत पोष्टमार्टम रिर्पाेट दिइएको युवतीका बुबा हरिप्रसाद दाबि गरे । उनीहरुले उचित न्यायका लागि पत्रकार सम्मेलन गरेको बताए ।
पोष्टमार्टममा आत्महत्या भएको रिपोर्ट आएको भन्दै प्रहरीले उजुरी लिन नमानेको हरिप्रसादले गुनासो गरे । ‘मिलेमतोमा रिपोर्ट बनाईयो, मिलेमतोमै प्रहरीले उजुरी दर्ता गरेन ।’ हरिप्रसादले भने, ‘मरेकी छोरी फर्केर त आउँदिनन्, तर दोषीले कारवाही भोग्नै पर्छ ।’
प्रहरीले भने आत्महत्या नै भएको भन्दै दुरुत्साहनको अभियोगमा मुद्दा लिएर आउन सल्लाह दिएको भण्डारीले बताए । हत्यालाई जबर्जस्ती आत्महत्या बनाउने प्रयास भएको उनले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले दुरुत्साहनको मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
हेराैँ पत्रकार सम्मेलनमा बितरित बिज्ञप्ति :



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)