Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा पहिरो पिडीत ३ परिवारलाई आर्थिक सहयोग

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा पहिरो पिडीत ३ परिवारलाई आर्थिक सहयोग

  • 3.9K
    SHARES

  • गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा पहिरो पिडीत ३ परिवारलाई आर्थिक सहयोग

    बुटवल,असाेज ११-

    गुल्मी दरबार गाउंपालिका -७, स्यालपानीमा पहिरोबाट विस्थापित भएका ३ घर परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले सहयोग गरेको छ ।

    समाजका उपाध्यक्ष उषा खत्रीले सहयोग रकम रु १५ हजार पिडित परिवारलाई हस्तान्तरण गरेकी हुन् । रकम ग्रहण गर्दै पिडित परिवारले समाजलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    समाजका वरिष्ठ सल्लाहकार एवम् बुटवल पब्लिक स्कुलका अध्यक्ष हेमलाल शर्माबाट ५ हजार, कार्यसमिती सदस्य ढबल बहादुर कार्कीबाट ५ हजार, गुल्मी दरबार गाउंपालीका वडा न ६ का समाजसेवी वीरबहादुर खत्रीबाट ५ हजार, गरी १५ हजार नगद रकम सहयोग गरिएको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए ।

    हस्तानतरण कार्यक्रममा गुल्मी दरबार गाउंपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हीरा बहादुर खत्री , वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर बस्नेत ,वडा नम्बर ७ का वडा सदस्य सालीकराम टण्डन , गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजका सल्लाहकार धर्म बीर खत्री, आजिबन सदस्य रमेश कार्की, सदस्य बिष्णु टण्डन लगायतको उपस्थिती रहेको थियो ।

    सहयोगका लागि समाजका अध्यक्ष हुमनाथ ज्ञवाली र सचिव विकास टण्डनले सहजीकरण गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आश्विन ११ २०७७११:३२:२०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology