Logo मंगलवार, श्रावण १२ गते २०८३
images

 दाङका १ सय मध्ये ९९ वडामा कांग्रेस अधिवेशन सकियाे,६० वटा वडामा सर्वसहमति,तुलसीपुर ५ मा बाँकी

 दाङका १ सय मध्ये ९९ वडामा कांग्रेस अधिवेशन सकियाे,६० वटा वडामा सर्वसहमति,तुलसीपुर ५ मा बाँकी

  • 2.6K
    SHARES

  •  दाङका १ सय मध्ये ९९ वडामा कांग्रेस अधिवेशन सकियाे,६० वटा वडामा सर्वसहमति,तुलसीपुर ५ मा बाँकी

    दाङ, भदौ २१ ।

    नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत सोमबार एउटा वडा बाहेक अन्य सबै वडाहरुमा अधिबेशन सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा भने मंगलबार बिहान ७ बजेदेखि नेतृत्व चुन्न मतदान हुने भएको छ ।

    जिल्लाका एक सय वडाहरु मध्य झन्डै ६० बढी वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको जिल्ला  निर्वाचन अधिकृत प्रहलाद  कार्कीले जानकारी दिए । पश्चिम दाङका पालिकाहरु मध्य बबई गाउँपालिकामा १, ३ र ७ नम्बर वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । अन्य चार वडामा सोमबार नेतृत्व चुन्न मतदान भएको छ । त्यस्तै शान्तिनगर गाउँपालिकामा ३ र ४ नम्बर वडा बाहेक अन्य सबै वडाहरुमा सर्बसहमतिमा नेतृत्व चयन भएको छ । दंगिशरण गाउँपालिकामा १, ४, ६ र ७ नम्बर वडामा सर्वसहमतिमा र अन्य तीन वटा वडाहरुम नेतृत्व चुन्न सोमबार बमतदान भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. ६, ७, ४, १, १०, १२, १४, १८, १७ लगाएतका वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको छ । अन्य वडाहरुमा मतदान भएपनि सहमतिको प्रयास गर्दा तुलसीपुर ५ मा भने ढिला हुन गएको हुँदा मंगलबार बिहान मात्रै मतदानको समय तोकिएको छ । जिल्लामा सबै भन्दा बढी क्रियासिल सदस्य रहेको तुलसीपुर ११ मापनि नेतृत्व चुन्न मतदान भएको छ ।

    त्यस्तै तुलसीपुर पूर्वको घोराही उपमहानगरपालिकाको केही वडाहरुमा सर्वसहमति र केहीमा नेतृत्व चुन्न सोमबार निर्वाचन भएको छ । तुलसीपुर उत्तरको बंगलाचुली गाउँपालिकाका सबै वडाहरुमा सर्बसहमतिमा नेतृत्व चयन भएको छ । लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती गाउँपालिकाका सबै वडाहरुमा पनि सर्बसहमतिमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।

    राप्ती गाउँपालिका अन्तरगत १ र २ नम्बर वडाहरुमा खुल्ला क्षेत्रीय प्रतिनिधि र वडा नं. ४ मा खुला क्षेत्रीय प्रतिनिधि र थारु प्रतिनिधि चुन्नका लागि मतदान भएको छ ।

    गढवा गाउँपालिकाको ४, ७ र ८ बाहेक अन्य सबै वडाहरुमा सर्बसहमतिमा नेतृत्व चयन गरिएको छ ।  त्यस्तै राजपुरगाउँपालिकामा वडा नं. ३ बाहेक अन्य सबै वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ ।

    देउखुरीका चार पालिकामध्य लमही नगरपालिकाका ९ वटा वडाहरु मध्य १ र ३ नम्बर वडाहरु बाहेक अन्य सबैमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology