बुटवल भदौ,२१ ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवल ज्याेतिनगरको चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । बुटवलको ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा गएको चुरे पहिरो अवलोकन गर्दै उनले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
‘यसको नियन्त्रण र बस्ती सुरक्षा कसरी गर्न सकिन्छ । आवश्यक बजेट र प्रविधि तथा जनशक्ति परिचालनका लागि सरकारले हेलचक्राई गर्न पाउँदैन । म त्यसको पहल गर्छु । सदनमा यो महत्वपूर्ण विषयको रूपमा उठाउँनेछु ।’ उनले भने ।
पहिरोबाट नागरिकमा ठूलो पीडा भएको बताउँदै उनले सामूहिक प्रयासबाट यसको मुक्ति पाउने र त्यसका लागि स्थानिय, प्रदेश र संघ सरकारले महत्वपुर्ण कदम चाल्नुपर्ने बताए । उनले स्थानीय तहलाई पहिरोबाट पीडितहरुलाई आवश्यक राहतको प्रबन्ध गर्न समेत आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)