Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले राेजिन् नेकपा (एकीकृत समाजवादी)पार्टी

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले राेजिन् नेकपा (एकीकृत समाजवादी)पार्टी

  • 2.4K
    SHARES

  • सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले राेजिन् नेकपा (एकीकृत समाजवादी)पार्टी

    बुटवल भदौ,२१ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा एमालेबाट निर्वाचित भएकी काफ्लेले पार्टी विभाजनपछि  माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

    काफ्लेले सोमबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी हुन् । यस्तै बुटवल उपमहानगरपालिका-३ का वडा सदस्य चिनबहादुर गुरुङ,बुटवल-२ का वडा सदस्य सुनिल शाक्य, बुटवल १८ का वडा सदस्य गोपाल खनालले पनि एकीकृत समाजवादी पार्टी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।uma kafle.jpg

    एकीकृत समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राजु गुरुङले तिलोत्तमा-१ का वडा सदस्य यज्ञश्वर क्षेत्री र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि पनि सनाखतका लागि निर्वाचन कार्यालयमा आउने क्रममा रहेका जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology