बुटवल,भदौ २१।
चौधरी फाउण्डेसनको आयोजनामा फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा एक दिने वृहत नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वडा नं. ५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा आईतबार गरिएको कार्यक्रमको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारीले शिविरको उदघाटन गर्दै ब्यवसायिक हितसंगै सामाजिक कार्यमा चौधरी घराना अगाडी रहेको बताए ।
चौधरी गू्रपका प्रदेश प्रशासक देवराज ढुङ्गानाले शिविरमा ३ सय २२ जना आँखाका बिरामीले सेवा लिएको बताए । जाँचमा आएकामध्ये ५१ जनामा मोतिबिन्दु देखिएकाले बिरामीहरुलाई आँखाको थप उपचारका लागि फत्तेवाल आँखा अस्पताल बाँकेमा रिफर गरिएको उनले बताए ।
कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत बल बहादुर चौधरी,बाँसगढी न.पा. कार्यकारी प्रमुख पुरुषोतम देवकोटा, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, इलाका प्रहरी प्रमुख विरेन्द्र सिह थापा, चौधरी ग्रुप फुड इण्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठले मानव स्वस्थ्य सबैभन्दा ठुलो धन भएको भन्दै रोग लाग्नुभन्दा पहिले नै यसबाट बच्नु र सावधानी अप्नाउनुपर्ने बताए ।
यसअघि फाउण्डेसनले कोभिड रोकथामका लागि अक्सिजन मेशिन समेत उपलब्ध गराएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)