Logo बिहिवार, आश्विन १ गते २०८३
images

शुभलाभ सहकारीको अध्यक्षमा लालकाजी,मर्जरको अधिकार सञ्चालक समितिलाई

शुभलाभ सहकारीको अध्यक्षमा लालकाजी,मर्जरको अधिकार सञ्चालक समितिलाई

  • 2.5K
    SHARES

  • शुभलाभ सहकारीको अध्यक्षमा लालकाजी,मर्जरको अधिकार सञ्चालक समितिलाई

    बुटवल, भदौ २० ।

    बुटवल उपमहानगरपालिका वडा नं ८ मा रहेको शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लालकाजी राजभण्डारीलाई चयन गरिएको छ । संस्थाको शनिबार भएको १३ औं वार्षिक साधारण सभा तथा अधिवेशनले उपाध्यक्षको जिम्मेवारीमा रहेका राजभण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

    साधारण सभा तथा अधिवेशनले ४ वर्षे कार्यकालको लागि संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा बसन्तकुमार जोशी, सचिवमा ज्ञानबहादुर पुन र कोषाध्यक्षमा प्रविणमान श्रेठलाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरुमा नारायणबहादुर घिमिरे, विन्ध्याकेशर जोशी र ममता थापालाई चयन गरिएको छ । गतवर्ष अधिवेशन गर्नुपर्ने भएपनि कोराना महामारीका कारण सञ्चालक समितिको कार्यकाल एक वर्ष थप गरिएको थियो ।

    त्यस्तै तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिको संयोजकमा बालकृष्ण खरेल तथा सदस्यहरुमा रामनाथ गौतम र पुरनकुमार श्रेष्ठलाई चयन गरिएको निर्वाचन समिति संयोजक जीवनारायण अधिकारीले जानकारी दिनुभयो ।
    साधारण सभा तथा अधिवेसनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुणाखर खनालले सामान्यतया शेयर सदस्य संख्या ५ सय सम्म हुदा प्रशासन खर्चमात्रै व्यवस्थापन हुने मुनाफा आर्जनको लागि मर्जर वा शेयर सदस्य संख्या बढाउन सुझाव दिनुभयो । हाल उक्त सहकारीमा शेयर सदस्य संख्या ३४९ छ ।

    साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुनिल मरासिनी (प्रेमप्रकाश शर्मा) ले कोरोना महामारीका कारण शेयर सदस्यलाई सहकारी तालिम, भ्रमण, जेष्ठ शेयर सदस्य सम्मान, शेयर सदस्य मध्ये जेष्ठनागरिक तिर्थाटन लगायतका कार्यक्रम गर्न नसकिएको र अवस्था सहज भएपछि ती कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो । उहाँले बाकी कार्यक्रमहरुलाई संशोधन सहित निरन्तरता दिईएको र उपयुक्त सहकारी भेटिएमा मर्जरमा जाने नीति लिईएको जानकारी गराउनु भयो ।

    त्यस्तैगरी कोषाध्यक्ष ज्ञानबहादुर पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षको लागि अनुमानित आयव्यय प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष र कोषाध्यक्षको दुबै प्रतिवेदन साधारण सभाले पारित गरेको छ । साधारण सभाले मर्जर सम्बन्धि निर्णय लिनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

    कार्यक्रममा संस्थाका सल्लाहकारहरु अमृतलाल श्रेष्ठ, बाबुकाजी शाक्य, लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण खरेल, संस्थाका उपाध्यक्ष लालकाजी राजभण्डारी लगायतले सुझाव सहित भनाई राख्नु भएको थियो । कार्यक्रम सचिव बसन्तकुमार जोशीको सञ्चालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology