Logo बिहिवार, श्रावण १४ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमाअखिल क्रान्तिकारीको इकाई सम्मेलन,अध्यक्षमा खनाल

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमाअखिल क्रान्तिकारीको इकाई सम्मेलन,अध्यक्षमा खनाल

  • 4.3K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पसमाअखिल क्रान्तिकारीको इकाई सम्मेलन,अध्यक्षमा खनाल

    बुटवल,भदाै २०।

    अखिल क्रन्तिकारी सिद्धार्थ गौतम बुद्ध क्याम्पसको आठौं इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हिमाल खनाललाई अध्यक्षमा र्निविरोध चयन गरेको छ ।

    जसको वरिष्ट उपाध्यक्षमा जिवन शर्मा, उपाध्यक्ष दिव्या भुषाल ,उपाध्यक्ष केशव पौडेल, सचिवमा शिशिर के.सी सह–सचिवमा गोपाल दर्लामी, कोषाध्यक्षमा बसन्ता बस्नेत गरी ४१ सदस्य रहेको ईकाइ गठन गरेको हो ।

    कार्यक्रम ईकाइ सम्मेलन संयोजक काशिराम आचार्यको अध्यक्षतामा प्रमुख अतिथिको रुपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनुप पोख्रेल,विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी फ्रयाक्सन इन्र्चाज चेतन पन्त,विद्यार्थी इन्चार्ज रुपेश पौडेल, केन्द्रीय सदस्य विक्रम राना ,जिल्ला संयोजक विष्णु खत्री,लुम्बिनी बौद्ध विश्वविद्यालय इन्चार्ज माधव पाण्डे, लुम्बिनी प्रदेश स्वयमसेवक विभाग प्रमुख सागर पन्थ, विजय आचार्य, सौरभ भुषाल,शपन पौडेल, रमेश गैह्रे टिकाराम आचार्य, माधव अर्याल लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले अखिल क्रान्तिकारी विद्यार्थी हक हित का लागि आन्दोलनको मुल नेत्रीत्वदायी भुमिका खेल्दै आएको र विद्यार्थी आन्दोलनको लामो विराशत बोकेको संगठन भएको बताउदैं सोही अनुरुप नर्वनिवाचित समिति लाई अगाडि बढ्न आग्रह गर्दै शुभकामना दिएका थिए ।

    कार्यक्रममा चेतन पन्त,विक्रम राना, विष्णु खत्री,माधव पाण्डे, सागर पन्त,विजय आचार्य, सौरभ भुषालले शुभकानमा मन्तव्य दिएका थिए ।

    नवनिर्वाचित खनालले कार्यक्रममा आफ्नो प्रतिबध्धता पत्र प्रस्तुत गर्दै आउने दिनमा अखिल क्रान्तिकारीलाई अझ शसक्क्त रुपले विद्यार्थी आन्दोलनमा अगाडि बढाउने र सेक्सेन कमिटि  विस्तारमा शसक्त ढङ्ले अगाडि बढ्ने  बताए । कार्यक्रम उपाध्यक्ष कृष्ण खनालको स्वागत मन्तव्य र हिमाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology