Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्वी नवलपरासीमा ६२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पूर्वी नवलपरासीमा ६२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

  • 3.1K
    SHARES

  • पूर्वी नवलपरासीमा  ६२ बर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु

    नवलपरासी, भदौ १४ ।

    पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ६२ बर्षीय पुरुषको उपचारको क्रममा  चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

    एक साता अघि उच्च ज्वरो आउने र स्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो ।

    चितवन मेडिकल कलेजमा पिसिआर परीक्षणको क्रममा पोजेटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय चितवनलाई उद्दृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार ति पुरुषको शनिबार निधन भएको हो । 

    नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले शनिबार कोरोना संक्रमणका कारण नवलपुरमा एक जनाको निधन भएको बताए ।

    घिमिरेले मृतकका शव व्यवस्थापना परिवारको सदस्यसँग सल्लाहा गरेर जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवनमा आइतबार गरिने तयारी भईरहेको बताए ।

    नवलपुरमा कोरोना संक्रमणका कारण ज्यान गुमाएको यो पहिलो घटना हो भने पश्चिम नवलपरासीमा यस अघि कोरोना संक्रमणकै कारण नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको मृत्यु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology