Logo बुधवार, श्रावण १३ गते २०८३
images

महेश बस्नेतलाई देउवाको चुनौती-‘मलाई होइन भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउनुस्’

महेश बस्नेतलाई देउवाको चुनौती-‘मलाई होइन भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउनुस्’

  • 2.6K
    SHARES

  • महेश बस्नेतलाई देउवाको चुनौती-‘मलाई होइन भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउनुस्’

    बुटवल,भदौ १८ ।

    काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए । 

    केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए ।

    भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफुले सहजै रुपमा विजय हासिल गर्ने दावी गरेका थिए ।

    बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए । तर बस्नेतकै निर्वाचन क्षेत्रमा काँग्रेसको वडा अधिवेशन उद्घाटन समारोहमा देउवाले काँग्रेस सशक्त ढंगले अघि बढिसकेको बताए ।

    उनले भने, ‘बस्नेतजीले मलाई होइन,भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology