Logo बिहिवार, आश्विन १ गते २०८३
images

महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका सांसद बैद्यले गरे सर्वोच्चमा रिट दायर

महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका सांसद बैद्यले गरे सर्वोच्चमा रिट दायर

  • 1.3K
    SHARES

  • महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका सांसद बैद्यले गरे सर्वोच्चमा रिट दायर

    बुटवल,भदौ १८ । 

    नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरेत्तम बैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। 

    कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्। 

    वैद्यले दायर गरेको रिटमाथि सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार ,भदौ १८गते देखि वडातहको अधिवेशन सुरु हुँदैछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology