Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा १२ को परीक्षा भदौ३० देखि असाेज ८ सम्म होम सेन्टरबाटै हुने

कक्षा १२ को परीक्षा भदौ३० देखि असाेज ८ सम्म होम सेन्टरबाटै हुने

  • 2.1K
    SHARES

  • कक्षा १२ को परीक्षा भदौ३० देखि असाेज ८ सम्म होम सेन्टरबाटै हुने

    बुटवल,भदौ १८ ।

    कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

    बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

    परीक्षाको रुटिनसमेत बोर्डले प्रकाशित गरेको छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पछिल्लोपटक ३१ साउनदेखि हुन लागेको परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो ।

    12.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology