Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवल-पाल्पा सडकखण्ड साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने

बुटवल-पाल्पा सडकखण्ड साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने

  • 3.0K
    SHARES

  • बुटवल-पाल्पा सडकखण्ड साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने

    बुटवल,भदौ १८ ।

    बुटवल-पाल्पा सडकखण्ड बिहीबारदेखि दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ । पहिरो हटाउन सिद्धार्थ राजमार्ग दैनिक ११ घण्टा बन्द हुने भएको हाे ।

    तानसेन ८ तल्लो डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

    दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ । उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।dhakal ghar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology