Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संघीयताको औचित्य पुष्टि गर्ने गरी योजना बनाउन लुम्बिनीका मुख्यमन्त्री केसीको निर्देशन

संघीयताको औचित्य पुष्टि गर्ने गरी योजना बनाउन लुम्बिनीका मुख्यमन्त्री केसीको निर्देशन

  • 2.2K
    SHARES

  • संघीयताको औचित्य पुष्टि गर्ने गरी योजना बनाउन लुम्बिनीका मुख्यमन्त्री केसीको निर्देशन

    बुटवल,भदौ १६ ।

    लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले आयोग उपाध्यक्ष बामदेव क्षेत्रीलाई र उपाध्यक्ष क्षेत्रीले सदस्यहरू डा.दामोदर भुसाल र शिवपुजन यादवलाई पद तथा गोपनीयताको शपथ गराए ।

    मुख्यमन्त्री केसीले संघीयताको औचित्य पुष्टि गर्ने गरी योजना बनाउनुपर्ने बताए । संघीयताको सफल कार्यान्वयन अहिलेको आवश्यकता भएको भन्दै मुख्यमन्त्री केसीले योजना आयोगले संघीयताको औचित्य पुष्टि हुने गरी कम जनशक्तिबाट धेरैलाई सेवा प्रवाह गर्ने खालका योजना बनाउन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिए ।ayo lumbini.jpg

    छोटो समयमा धेरै काम गर्न नसके पनि प्रदेशका गरिब तथा बिपन्न परिवारको जीवनस्तर माथि उकास्ने खालका योजना आवश्यक रहेकोमा जोड दिए ।

    योजना आयोगका नवनियुक्त उपाध्यक्ष क्षेत्री, सदस्य डा. भुसाल र यादवले छोटो समयमा धेरै काम गर्न सम्भव नभए पनि प्रदेशको विकासका लागि के कस्ता योजना आवश्यक छन् भन्ने विषयमा अध्ययन गरेर सोही अनुसारका योजना बनाउने बताए ।ayog.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology