Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्घाखाँचीको अडगुरीमा खसेको पहिराेमा पुरिएर एक बालिकाको मृत्यु,तीन घाइते

अर्घाखाँचीको अडगुरीमा खसेको पहिराेमा पुरिएर एक बालिकाको मृत्यु,तीन घाइते

  • 2.2K
    SHARES

  • अर्घाखाँचीको अडगुरीमा खसेको पहिराेमा पुरिएर एक बालिकाको मृत्यु,तीन घाइते

    बुटवल,भदौ १६ । 

    पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिराेमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए ।

    घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology